काठमाडौं। आज विश्व दूध दिवस ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ भन्ने मूल नाराका साथ मनाइँदैछ । विश्वमा दूध दिवस २००१ बाट मनाउन थालिएको थियो । नेपालमा भने यो दिवस सन् २०११ बाट मनाउन थालिएको हो । आम नागरिकलाई दूधको चेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।
नेपालमा पनि आज दूध दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवाला निकायको उपस्थितिमा विश्व दूध दिवसको अवसरमा कार्यक्रम गर्दैछ ।