तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । साताको कारोबारको चौंथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको हो।यस्तै तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी बुधबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।हिजो चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us