चाँगुनारायण–७ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठविरूद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ। भक्तपुरको सुडालस्थित सरकारी र निजी जग्गा अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । लगत्तै वडाध्यक्ष श्रेष्ठ फरार भएका छन्।

प्रहरीले उनको खोजी गरिरहेको छ। उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरिसकेको छ ।

उनीहरूले सो घटनामा श्रेष्ठ पनि संलग्न रहेको बताएका छन् । वडाध्यक्ष श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us