सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर लिटरमा १० र १० रुपैयाँका दरले घटाउने

काठमाडौं। सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर लिटरमा १० र १० रुपैयाँका दरले घटाएको छ । डिजेल र पेट्रोलमा पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बताएको हो । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजन हुनेछ ।

‘हामीले १०(१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पठाएका छौं ‘ मन्त्रालय स्रोतले भन्यो, ‘ अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्छ ।’

पछिल्लो पटकको मूल्य वृद्धिपछि पेट्रोलमा सरकारले एक लिटरमा लिने कर ६३ रुपैयाँ २३ पैसा पुगेको थियो । यस्तै डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर लाग्छ उठाउने गरेको छ भने मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्छ । यस्तै, खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ ३७ पैसा राजश्व सरकारले उठाउने गरेको छ भने हवाइ इन्धन आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us