संखुवासभा। चैनपुर नगरपालिका–१, मा सुख्खा पहिरोले पुरिएर बुधबार दुई जनाको मृत्यु भएको छ । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनु भयो ।
प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो गएको थियो । उनीहरुलाई स्काभेटरको प्रयोग गरेर निकालिएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि अस्पताल ल्याइँदै छ ।