काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार ६ हजार १७५ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २१३ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, यो अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। हाल देशभर ४ हजार ५४७ सक्रिय संक्रमितहरु रहेका छन्।