बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन: अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताउनु भएको छ ।कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आउनु भएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पार्नुभयो ।

अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उहाँले आफूलाई कुनै लालच नभएको प्रस्ट पार्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको भन्दै ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *