बाँके। नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हूँदा स्थिती तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा राजतन्त्र पक्षधर युवाहरुले वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो । सोक्रममा प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ ।
विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । आज राजतन्त्र पक्षधर युवाहरुले त्यहाँ नयाँ शालिक राखेपछि प्रहरीले हस्तक्षेप गरेको हो। सो क्रममा बल प्रयोग गर्दै प्रहरीले शालिक हटाएको छ ।
झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडपपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।