सुन प्रतितोला ४०० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

बुधबार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *