फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्छ: मन्त्री झाँक्री

काठमाडौं। काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता औंल्याउनु भएको छ । झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताउनु भएको हो ।

मन्त्री झाँक्रीले बञ्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गररनुभयो। बञ्चरेडाँडा वा सिसडोल नगएका मानिसहरुका लागि सामान्य कुरा लागेपनि त्यहाँ गएकाहरुका लागि यो ठूलो कुरा हो । हामीले त्यति ठूलो गल्ती गरेका छौँ । त्यसको पेव्याक आज राज्यले गरेको छ । फोहोर बञ्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ’ उहाँले भन्नुभयो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता समयमै पूरा गर्न आग्रह गर्नुभयो । ‘हजुरहरुले भन्नुभएको कुरा समयमै हुनुपर्छ । टेण्डरको प्रोसेसदेखि बाटो बनाउने कुरासम्म’ उहाँले भन्नुभयो ।

भेटमा बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो । सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् । जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ । यसअघि काठमडौंका नवनिर्वाचित मेयर बालेन साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसकेका छन् । सिसडोलवासीका समस्या बुझ्न मेयर र उपमेयरसहितको टिम शुक्रबार सिसडोल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us