मेयर शाहद्धारा फोहोरमा केमिकल प्रयोग गरी दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिसडोलबासीसँगको वार्ताका क्रममा फोहोरमा केमिकल प्रयोग गरी दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । करिब एक सातादेखि काठमाडौंको फोहोर नउठेपछि मेयर उपमेयरसहितको टोली आज बिहान सिसडोल पुगेको थियो । “एक सातामा दुर्गन्धमुक्त हुनेगरी केमिकलको व्यवस्था गर्छौं । कुहिने र नकुहिने फोहोर छुट्याएर मल र ग्याँस बनाउन सुरु गरिनेछ,” बालेनले भन्नुभयो ।

सिसडोलबासीले आफ्ना मागहरू पूरा नभएको भन्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । मेयर बालेनले फोहोर व्यवस्थापनमा रोक नलगाई सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us