काठमाडौं। साता कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ३३.७६ अंक घटेसँगै २१ सयमुनि झरेको छ । शुक्रबार परिसूचक २०७८ अंकमा कायम भएको छ । १ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो । आज सबै उपसमूह घटेका छन् ।
बैंकिङ २४, विकास बैंक ५६, फाइनान्स २१, होटल तथा पर्यटन २३, जलविद्युत् ३१, जीवन बीमा २३६, उत्पादन ८८, लघुवित्त ६२, निर्जीवन बीमा १६७, अन्य १२ र ब्यापार उपसमूह ४४ अंकले घटे । दुई कम्पनी उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । किसान लघुवित्तको मूल्य ८।९ प्रतिशत घट्यो । रकमका आधारमा धेरै कारोबार भएका कम्पनीहरुमा एनआईसी एसिया बैंक, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, अपी पावर र नबिल बैंक क्रमश: अगाडि रहे ।