अनिश खतिवडा ।
के त्यो मान्छे निदाएकै हो त ?
न बिछ्याउना न खाट, लतरङ्ग लम्प्सार,
दुखिलो शरिरमा सुकिलो निन्द्रा,
बिसाएर भारी दु:खको, भुलाई सम्पूर्ण संसार,
वाह कति आनन्द छ उस्लाई,
देख्नेले सोच्ने येहि त होला ।
कि निदाएको जस्तो मात्रै गरेको हो ?
हैन हैन झूटको आबश्यकता छैन उस्लाई ।
गरिब उस्लाई, तेस्तो नाटक जरुरी किन ?
मदिराले मस्त होला,
यो मान्छे निदाएको हैन,
मातेको होला ?
हुन पनि सक्छ,
पसिनाले पखाल्न नसकेका,
दु:खको भारी भुलाउने प्रयास हुनसक्छ ।
हुन त मान्छे निदाउन सुत्नै पर्छ र ?
बिचारबाट निदाएका हुन सक्दैनन् ?
कोही भिडको पछी निदाए जसरी हिंड्ने हुँदैनन ?
आँखा चिम्लिदैमा निदाएको भन्न मिल्छ र ?
अनी आँखा नचिम्लिदैमा ननिदाएको भन्न मिल्छ र ?