तालिवान लडाकु समूहद्वारा अनिश्चितकालीन युद्ध विराम घोषणा

 एजेन्सी । पाकिस्तानी तालिवान लडाकु समूहले अनिश्चितकालीन युद्ध विराम घोषणा गरेको छ । सरकार र विद्रोही पक्षबीच अफगान तालिवान समूहले वार्ताको मध्यस्थता गरेपछि युद्ध विराम सम्भव भएको हो । पाकिस्तानी तालिवान लडाकु समूहले शुक्रबार पाकिस्तानी सरकारसँगको वार्तामा युद्ध विराम गर्ने सहमति जनाएको हो । 

पाकिस्तानी तालिवान (टीटीपी) ले अफगानिस्तानको राजधानी काबुलमा सम्पन्न वार्तामा उल्लेख्य प्रगति भएको र अर्को सूचना नभएसम्म युद्ध विराम जारी रहने बताएको छ ।

एकजना पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको जानकारी समाचार एजेन्सी एएफपीलाई दिएका छन् । 

गत वर्ष तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेयता टीटीपीले पाकिस्तानमा आक्रमणलाई तीव्रता दिँदै सन् २०२१ मा दर्जनौँ सरकारी फौजको ज्यान लिएको थियो ।  । तर युद्धविरामका सर्तहरू के हुन सक्छन् भन्ने स्पष्ट भइसकेको छैन । यसअघि ३० मेमा सम्पन्न इस्लामिक महान पर्व इदका लागि यी दुई पक्षबीच युद्धविराम घोषणा भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us