काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा हाल निको हुनेको संख्या ९ लाख ६७ हजार १२८ जना पुगेको छ। देशभर हाल ११० जना सक्रिय संक्रमित छन्।