निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने अर्थमन्त्री शर्माको प्रतिबद्धता

पर्सा । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शनिबार वीरगंज उद्योग बाणिज्य संघको ४६औँ  साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष शुरु गर्ने हो । यसको लागि आफू जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिबद्धता हो । शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’

अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गर्नुभयो ।

उहाँले ५–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताउनुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us