काठमाडौं । आगामी स्थानीय निर्वाचनमा सबै दलले आफ्नै दलको चुनाव चिह्न पाउने भएका छन्।
यसका लागि निर्वाचन आयोगले साना दललाई विवरण माग गरेको छ। तीन चार दिनभित्र विवरण पठाउन पत्राचार गरेको निर्वाचन आयोगले जनाएको छ।
कानूनमा त दिने व्यवस्था नभए पनि दलहरुले विवरण पठाएपछि यस सम्बन्धी निर्णय हुने एक आयुक्तले बताए।
अहिलेसम्म राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै आफ्नै चुनाव चिह्न पाउँदै आएका थिए। साना दलले आफ्नो चिह्नमा चुनाव लड्न पाउनुपर्ने माग गर्दै आएका छन्।
आयोगले राजनीतिक दललाई सबै जिल्लामा विवरण टिपाउन पत्राचार गरेको छ। जिल्लामा प्राप्त दलको विवरणलाई जिल्ला निर्वाचन कार्यालयले जाँचबुझ गरी ७ चैतसम्म केन्द्रीय कार्यालयमा पठाउन पत्राचार गरेको छ।