काठमाडौं । नेपाली फिल्म कबड्डी ४ युट्युवमा लिक भएको छ । हाल सिनेमा हलहरुमा प्रदर्शन भइरहेको फिल्मको हल कपी लिक भएको हो । सिएमजी स्टुडियो नामक युट्युव च्यानलमा शनिवार अपलोड भएको फिल्मलाई आइतवार विहानसम्म पनि हटाइएको छैन । युट्युवमा एक घण्टाको फिल्म हेर्न सकिन्छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको कबड्डी ४ ले पहिलो हप्ता १० करोड बढीको व्यापार गरेको छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर लगायतको मूख्य भूमिका छ ।
यसअघि फिल्म रिलिज भए लगत्तै टिकटिकमा फिल्मका झण्डै ८० वटा क्लिप्सहरु सार्वजनिक भएपछि निर्माण पक्षले उजुरी दिएको थियो ।