घनश्याम भुसालमाथि कारबाही गर्न अनुशासन आयोगको पत्र

काठमाडौं। नेकपा एमालेले नेता घनश्याम भुसालमाथि अनुशासनको कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । भुसालमाथि कारबाही गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीले अनुशासन आयोगलाई दिनुभए पनि विधानअनुसार आयोगले सोझै कारवाही गर्न नमिल्ने भएपछि आयोगले यसको जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ।

सार्वजनिक रुपमा अध्यक्ष ओलीको आलोचना गरेको भन्दै भुसालमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । भुसालमाथि कारबाही गर्न बुधबार केशव बडालको अध्यक्षतामा केन्द्रीय अनुशासन आयोगको बैठक बसेको थियो।

बैठकमा विधानतः अनुशासन आयोगले कुनै नेतामाथि कारवाही गर्नेबारे सिफारिस मात्र गर्न मिल्ने तर्क केही नेताहरुले गरेपछि अनुशासन आयोगले सचिवालयसमक्ष लिखितरुपमा सिफारिस गरेको स्रोतको भनाइ छ ।

भुसालले एउटा निजी टेलिभिजनलाई लिएको अन्तरवार्ताका आधारमा उहाँमाथि कारवाही गर्न सचिवालयलाई सिफारिस गरिएको हो । भुसालमाथि कारबाहीका लागि पत्र लेखिसकेको अनशासन आयोगका अध्यक्ष केशव बडालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us