बङ्गलादेशको कन्टेनर डिपोमा विस्फोट

काठमाडौं। बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट भएको छ। विस्फोटमा परि ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ भने अरू कैयौं घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइतेमध्ये धेरैजसोको शरीर ६० देखि ९० प्रतिशतसम्म जलेको खबरमा उल्लेख छ ।

दक्षिणी सहर सिताकुन्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी रहेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *