मनसुन नेपाल आइपुग्यो

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ। यसपालि मनसुन एक साताअघि नै नेपाल आएको हो।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९-०२-२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ। यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू(भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ,‘नेपालको अन्य भू(भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *