माओवादीले प्रत्येक सदस्यबाट महीनाको एक सय रुपैयाँ शुल्क उठाउने

काठमाडौं। शनिबार नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पूर्व स्थायी समितिका सदस्यको बैठकले पार्टीका सदस्यबाट शुल्क उठाउने निर्णय गरेको छ। प्रत्येक सदस्यबाट महीनाको एक सय रुपैयाँ शुल्क उठाउने निर्णय भएको माओवादी नेता हरिबोल गजुरेलले बताउनु भयो।

उहाँका अनुसार पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन र अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका सदस्यबाट शुल्क उठाउन लागिएको हो। अहिलेसम्म देशभर आठ लाख सदस्य रहेको माओवादीले जनाएको छ। सबै सदस्यबाट गरेर महीनामा आठ करोड रुपैयाँ संकलन हुने माओवादीले जनाएको छ।

यससँगै माओवादी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। त्यस्तै, भरखरै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा पनि छलफल भएको छ। माओवादी पदाधिकारी चयनका विषयमा पनि छलफल भएको छ। गत पुसमा माओवादीले आठौं महाधिवेशन भएको थियो। अध्यक्ष र केन्द्रीय सदस्य चयन भए पनि पदाधिकारी छनोट हुन बाँकी नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *