काठमाडाैं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। साेमवार साँझ बसेकाे मन्त्रिपरिषदकाे बैठकले जेठ १ गतेदेखि परीक्षणका लागि बिदा दिन गरेकाे निर्णय फिर्ता लिएकाे हाे। एक महिनाका लागि परीक्षण अवधि राखिएकाे उक्त निर्णय समय भन्दा अगावै सरकारले फिर्ता लिएकाे छ ।
सातामा दुई दिन बिदा दिँदा धेरैले विराेध गरेपछि सरकारले फिर्ता लिएकाे हाे । यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए।
कतिपय स्थानीय तहले सूचना जारी गर्दै आइतबार पनि प्रशासन सञ्चालनमा ल्याउने निर्णय गरेका थिए भने शैक्षिक संस्थाहरूले सरकारले दिएकाे बिदा कार्यान्वयननै गरेनन् । आइतबार पनि बिदा दिने सरकारकाे निर्णयविरूद्ध सर्वोच्चमा रिटसमेत दर्ता भइसकेकाे थियाे ।