नेपाल टेलिभिजनका पाँच वटै च्यानल आधा घण्टाभन्दा बढी ‘ब्ल्याक आउट’

काठमाडौं । नेपाल टेलिभिजनका पाँच वटै च्यानल आधा घण्टाभन्दा बढी ‘ब्ल्याक आउट’ भएका छन् । स्याटेलाइटको रकम भुक्तानी प्रक्रियामा भएको विवादका कारण ‘ब्ल्याक आउट’ भएकाे हाे ।

स्याटेलाइट कम्पनी एपस्टार सेभेनले नेपाल टेलिभिजनका पाँच वटा राष्ट्रिय च्यानलको प्रसारण बन्द गरेको गरेकाे र दुई पक्षीय छलफलपछि च्यानलको प्रसारण खुले पनि भुक्तानी विवाद भने यथावत् रहेको बताइएकाे छ ।

नेपाल टेलिभिजनले सो कम्पनीलाई स्याटेलाइटबाट टेलिभिजनको प्रसारण गरेबापत तिर्नुपर्ने रकम टिडिएस काटेर बिल भुक्तानी गरेकोमा पुरै रकम दाबी गरेपछि समस्या भएको नेपाल टेलिभिजन स्राेतले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *