स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार सहित पाँच जना पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।

नुवाकोट बिदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित पाँचजनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको हाे । 

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *