प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बिहीबार चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुने कार्यसूची छ ।

बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । 

सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *