कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

यी तीन वायूको प्रभावका कारण देशका धेरै स्थानमा वर्षाको समभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा  सामान्यदेखि पूर्ण बदली  रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ महाशाखाको भनाइ छ।

प्रदेश १ , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *