काठमाडौं। गएरातिको अविरल वर्षापछि आएको बाढीले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्याएको छ।बर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्के पुलमा क्षति पुर्याएको हो ।
पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा न ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ लगायतले क्षतिग्रस्त ह्युमपाइपको अनुगमन गरेपछि मर्मत थालिएको छ । मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने अस्थायी फट्के पुल (ह्युमपाइप कल्भर्ट)मा क्षति पुगेसँगै यातायात सेवा अवरुद्ध भएको हो ।
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङका अनुसार क्षति पुगेका ह्युमपाइप मर्मत गरेर १ हप्तामा चलाइने छ । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको तामाङले बताउनु भयो । सो पुल पनि केही दिन राखिने प्रमुख तामाङले जानकारी दिनुभयो ।