भारतबाट तस्करी सामान बोकेर आएका तीनवटा ट्रक नियन्त्रणमा

काठमाडौं। वीरगन्जमा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएका सामान बोकेर जाँदै गरेका तीनवटा ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्ज १० घण्टघार स्थित सडकमा प्रहरीले बा ५ ख ६५५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा दुवै ट्रकबाट बिलबिजकभन्दा बढी मुल्यका हार्डवेयर, औषधी लगायतका सामान बरामद भएको हो। ती तीन वटै ट्रक र सामानसहित गरी दुई करोडभन्दा बढी मुल्याकंन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो।

यस्तै वीरगन्ज ८ माइस्थान चोक स्थित सडकमा ना ४ ख ४३०१ नम्बरको ट्रक रोकेर चेकजाच गर्दा उक्त ट्रकबाट पनि बिलविजकभन्दा बढी मुल्यको औषधी, लत्ताकपडा लगायतका खुद्रा मालसामान बरामद भएको प्रहरी नाययव उपरीक्षक खनालले बताउनु भयो।

तीनन वटै ट्रक र ट्रकबाट बरामद सामान गरी दुई करोड रुपैयाँको मुल्यांकन गरी आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको खनालले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *