भोलिदेखि बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिइने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय मंगलबार बसेको बैठकले भोलिदेखि बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने निर्णय गरेको हो ।

यो १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि कोरोनाविरुद्धको बुस्टर डोज दिइनेछ । बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत् परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पुरा भएकालाई खोप लगाइने अन्नपूर्णलाई जानकारी दिनुभयो।

उहाँले अन्नपूर्णसँग भन्नुभयो, पहिले जुन खोप लिइएको छ । त्यहि खोप लगाइन्छ । पहिला खोप सञ्चालन गरेको केन्द्र तथा वडा कार्यालयमा कार्यक्रम सञ्चालन गर्न भनेका छौं । फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालेको छ। खोप शाखा प्रमुख दाहालका अनुसार सो समूहका बालबालिकालाई फाइजर खोप दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us