परिचयपत्रको आधारमा अबदेखि चलचित्रकर्मीलाई पनि विमानस्थलको भिआइपी कक्षमा प्रवेश

काठमाडौं। सरकारले मान्यता दिएका विशिष्ट चलचित्रकर्मीको परिचयपत्रको आधारमा अबदेखि विमानस्थलमा चलचित्रकर्मीलाई पनि भिआइपी कक्षमा प्रवेश दिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले चलचित्रकर्मीलाई विशिष्ट परिचयपत्रका आधारमा यो व्यवस्था मिलाउन आग्रह गरेको हो। चलचित्र विकास बार्डले २०७७ सालमा नेपाल सरकारलाई पत्र लेख्दै विमानस्थल प्रवेशको भिआइपी सुविधा मिलाउन आग्रह गरेको थियो। सोही अनुरोधलाई मन्त्रालयले सम्बोधन गर्दै कार्यान्वयन गर्न गृह मन्त्रालयलाई समेत जानकारी गराएको हो। चलचित्र विकास बोर्डले अहिलेसम्म ४४ जना चलचित्रकर्मीलाई विशिष्टको परिचयपत्र दिएको छ। थप ६० जनालाई बाँड्ने तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us