दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने

काठमाडौं । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिका  र सिसडोल(बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे (मध्यराति) सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । 

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । 

यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us