काठमाडौं । काठमाडौंमा शनिवार सबेरै भूकम्पको धक्का महसुस भएको छ । शनिवार विहान २.३६ बजे (मध्यरात) ४ दशमलव ७ म्याग्निच्युट्सको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण आसपास रहेको केन्द्रीय भूगर्भ तथा भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा महसुस गरिएको बताइएको छ।