लमजुङमा सञ्चालित जलविद्युतगृह आइतबार बन्द हुने

काठमाडौं। लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने भएको छ ।

नयाँ टावरमा तार टाँग्नका लागि लाइन बन्द (सट डाउन) गरिएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढालेको थियो । त्यही ढलेको टावरको ठाउँमा नयाँ निर्माण गरिएको हो ।
पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us