काठमाडौं। भक्तपुरको देकोचामा रहेको ख्वप कलेजमा आइतबारदेखि २ दिने आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुँंदैछ । सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम छ ।
कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो दिन चार वटा टेक्निकल सेसन हुनेछ । पहिलो र दोस्रो दुवै दिन कि नोट स्पिकर रहने उहाँले बताउनुभयो ।
पहिलो दिन प्रा.डा. पुष्कर बज्राचार्य, प्राडा ध्रुबकुमार गौतम र डा. रामकुमार फुयाँल र दोस्रो दिन प्रा.डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने छन् ।