नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबिच मर्जरका लागि सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि सम्झौता गरेका छन् । शुक्रबार भएको प्रारम्भिक सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गर्नु भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरूको रुपमा सबल एवम् सक्षम संस्थाको रूपमा परिचित छन् । मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा ज्योतीप्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरूको प्रतिनिधित्व रहनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पुँजी १६.१२ अर्ब रहेकोमा दुवै बैंक मर्जरपछि चुक्ता पुँजी ३४.४३ अर्ब रूपैयाँ भएर सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us