पहिरोमा पुरिएर २ बालकको मृत्यु

काठमाडौं। रोल्पामा सडक खन्दै गरेको ठाउँमा पहिरो जाँदा पुरिएर २ जना बालकको मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–५ को दाउन्ने भिरमा सडक खनेको ठाउँबाट पहिरो (माटो) खस्दा २ जना बालक पुरिएका थिए।

स्थानीय प्रकाश खड्काका छोरा ७ वर्षीय डेविड खड्का र २ वर्षीय इसान खड्का माटोको ढिस्काले पुरिएका थिए। पछि माटो पन्छ्याउने क्रममा उनीहरु मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) थमन जिसीले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us