पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौलामा समस्या

काठमाडौं। नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवालको दुवै मिर्गौलामा समस्या देखिएको छ।

पूर्वसैनिक अधिकृतसमेत रहेका कटवालका छोरा शुभांगद कटवालका अनुसार दुबै मिर्गौलाले काम नगरेपछि मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेको छ । पूर्वसेनापति कटवाल हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलासिस गरी ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आरामरत हुनुहुन्छ ।

‘बुबाको चाहना नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने छ । त्यसका लागि दाताको खोजी भइरहेको छ,’ छोरा शुभांगदले भने । केही समयअघि मिर्गौलामा समस्या देखिएपछि उहाँको उपचारमा संलग्न चिकित्सकले कटवाललाई मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका हुन् । मिर्गौला प्रत्यारोपण नभएसम्म उहाँले आवश्यकता अनुसार सातामा दुईदेखि तीनपटकसम्म पनि डायलासिस गराउनुपर्ने हुन्छ । २०६६ सालसम्म नेपाली सेनाका प्रधानसेनापति रहेका कटवाल त्यसयता विभिन्न सामाजिक गतिविधिमा व्यस्त हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us