बागमती प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं । बागमती प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि सोमवारदेखि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । 

संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख सहभागी हुने बताइएको छ । 

आज र भोलि दुई दिन चल्ने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन  काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसहित सबै सहभागीहरु हेटौडा आईपुगेका छन् । अभिमुखीकरण कार्यक्रम मोटल एभोकाडोमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us