सेयर बजार अब सातामा ६ दिन खुल्ने

काठमाडौं। आउने हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।

सरकारले गत १ जेठदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार पाँच दिन मात्र हुँदै आएको थियो । सरकारले आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । सार्वजनिक बिदाको दिन र शनिबार भने नेप्से बन्द रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us