एजेन्सी । पेरुलाई पेनाल्टीमा हराउँदै अष्ट्रेलिया कतार विश्वकपमा स्थान बनाउन सफल भएको छ । अन्तरमहादेशीय प्लेअफमा भएको खेलमा अष्ट्रेलियाले पेरुलाई पेनाल्टीमा पाँच चारले हरायो ।
कतारमा भएको प्लेअफमा दुबै टिमले निर्धारित ९० मिनेट र थपिएको आधा घण्टामा कुनै गोल गर्न सकेको थिएन । तर पेनाल्टीमा पेरुको दुई वटा प्रहार बाहिरीएको थियो भने अष्ट्रेलियाको एक प्रहार बाहिरीएको थियो ।
अष्ट्रेलियाका लागि पेनाल्टीमा मोय, गुडविन, रुस्टिक, माक्लारेन र माबिलले गर्दा, बोयलले गरेको सुरुवाती प्रहार भने बाहिरीएको थियो । पेरुका लागि लापाडुला, कालेन्स, टापिया, फ्लोरेसले गोल गर्दा भालेरा र लुइस पियर्सको प्रहार बाहिरीएको थियो ।
यो जितसँगै अष्ट्रेलिया विश्वकपमा स्थान बनाउने ३१ औं देश भएको छ । यसका साथै अष्ट्रेलिया लगातार ५ औं पटक विश्वकपमा स्थान बनाउन सफल भएको छ ।