काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले आफ्नै पार्टी सम्मीलित सरकार प्रति कडा प्रश्न उठाएका छन् । अध्यक्ष शाहीले “विदेश नितिमा वर्तमान सरकार असन्तुलित वन्दै गएको देखिन थालेको छ । यसले देशलाई अन्तर्राष्ट्रिय रुपमा कुनै निश्चित सैनिक क्याम्पहरुमा आवद्ध गर्दैछ जुनकुराहरु नेपाल र नेपालिको लागि अत्यन्तै घातक र दुर्घटनाका बिषय हुन ।
राज्य संचालकहरु वा त्यहाँ सम्म सिधासिधी पहुँच भएकाहरु केही ब्यक्ति बाहेक अधिकांस, नेपाली भन्दा बिदेशी (अरु नै मुलक) प्रति मन र चिन्ता भएकाहरु देखिए जुन कुरा झन ठूलो डर लाग्दो र चिन्ताजनक कुरा हो । हाम्रो देश असंलग्न र पन्चशिलको सिद्धांतमा आधारित बैदेशिक निति अंगालिरहेको मुलुक हो, यो नै हाम्रो लागि उपयुक्त र ब्यबहारिक हो तर अहिलेको गठबन्धन सरकारले यश भन्दा बिपरित निति र व्यबहारहरु अबलम्बन गर्दै गएको देखिन्छ ।
सरकारले नेपाललाइ अमेरिकन क्याम्पमा उभ्याउदै छ, जुनकुरा हाम्रो राष्ट्रियता, भुराजनितिक अबस्था, दुई ठुला छिमेकीको पोजिसनका विरुद्ध हो र खासगरि एक चिन निति, चिनियाँ राजनिति र त्यहाँको शासन व्यस्थाको विरुद्धको रणनीति हो, जुन कुराले नेपाललाइ युक्रेनको दिशा उन्मुख गराउन सक्छ ।
लामो समय चिनको राजदुत नियुक्ति गरिएन, युक्रेन आक्रमणमा अरु भन्दा अगाडी गएर बिरोध गरियो, UN मा रुसलाइ डिनाउन्स गर्ने कुरा आयो नेपाल यसको पक्षमा उभियो, रुसलाइ मानव अधिकारबाट नै निकाल्नु पर्छ भन्ने भयो यसमा स्वतन्त्र बस्यो, नेपाल सरकारको अनुमति र समन्वय बेगर अमेरिकाको तिब्बत मामिला हेर्ने उपबिदेश मन्त्री आएर सिधै जावलाखेल स्थित तिब्बती क्याम्पमा जाने काम भयो, अहिले एशिया प्यासिफिक कमाण्ड हेर्ने सैनिक कमान्डर आएर सैन्य सहकार्यको छलफल गरिरहेको छन l
प्रधानमन्त्रीको प्रधान सेनापती सहित अमेरिकाको लागि स्टेट भ्रमणको कार्यक्रम बनिरहेको छ, यसभन्दा ठूलो र खतरनाक सवाल त स्टेट पार्टनरसिप अथवा उटाह सम्झौता हो, मिडियामा आएको सम्झौताको ड्राफ्टमा प्रष्ट लेखिएको छ हिमाली क्षेत्रमा सैन्य कार्य गर्ने र त्यसलाई सैन्य साझेदारीको क्षेत्र बनाउने, यसले प्रष्ट देखिन्छ यो कुरा चिनको तिब्बत घेर्ने सैनिक रणनीति हो जुन कुराको लागि चिन चुप लागेर बस्ला त ? यी बिषयले नेपाल बिस्तारै अमेरिकि सैन्य क्याम्पमा फसिरहेको देखिन्छ ।
अहिलेको सरकार गठबन्धनको सरकार हो, यो सरकारको स्टेकहोल्डर हामी पनि हौं, वर्तमान सरकारले बिदेश निति खासगरि वर्तमान अवस्थामा अमेरिका संग देखाइरहेको अस्वभाविक सैन्य सम्बन्धको र प्रधानमन्त्री, प्रधान सेनापतिको अमेरिका भ्रमण र कार्यक्रमको वारेमा पारदर्शी ढङ्गले आम जनताले जानकारी हुन सक्ने गरि सार्वजनिक गरियोस ।
नेपालको वैदेशिक सम्बन्ध पन्चशिलको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीति नै उपयुक्त हो, यश अनुसार नै सरकारले गम्भीरता पुर्वक आफ्ना कार्यहरु अघि बढाओस ।” अमेरिकी सहयोग एमसिसि संसदबाट पास भएको केही महिना पछि सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको सार्वजनिक भएपछि आमनागरिकले चासोका साथ हेरिरहेका छन् ।