गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह

काठमाडौं। गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग चितवनको बाराही जंगल लजमा विवाह गरेकी छन् ।

विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।

आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए । केही समय अघि उनीहरुले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोज गरेको तस्बिर सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us