त्रिभुवन विमानस्थल आधा घण्टाका लागि बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो ३ बजेदेखि आधा घण्टाका लागि बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले आधा घण्टाका लागि विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ । यो अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिने छ । दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि तीव्र बन्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us