अर्को सूचना जारी नभएसम्मका चितवन राष्ट्रिय निकुञ्जको पर्यटकीय गतिविधिमा रोक

काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधिमा रोक लगाएको छ । वर्षायाम सुरु भएसँगैं निकुञ्जभित्र सञ्चालन हुने व्यावसायिक जंगल सफारी र जंगल वाकलगायत अन्य पर्यटकीय गतिविधिमा आजदेखि रोक लगाइएको हो ।

निकुञ्जले अनिश्चितकालका लागि ती कार्यमा रोक लगाएको जानकारी दिएको छ । जारी सूचनामा भनिएको छ, ‘पर्यटकीय गतिविधिहरु २०७९ असार १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी गराइन्छ ।’

निकुञ्जका अनुसार वर्षाका कारण कच्ची वनपथहरु बिग्रिने, जंगलमा भएका स–साना खोल्साखोल्सीमा भलबाढी आउने भएकाले उक्त निर्णय गर्नुपरेको हो । साथै, रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने एवम् मानवीय क्षतिसमेत हुने सम्भावना बढेकाले उक्त निर्णय गर्नुपरेको निकुञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us