काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले देशमाथि आघात पुग्ने कुनै पनि सम्झौत नगर्ने बताउनुभएको छ । स्टेट पाटर्नशिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चौतर्फी आलोचना भएपछि उहाँले यस्तो बताउनुभएको हो ।
बुधवार बसेको सत्तासाझेदार दलको संयुक्त बैठकमा देउवाले नेपाललाई आघात पुग्ने कुनै पनि सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्ट पार्नुभएको हो ।
बालुवाटारमा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्दै देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको हो ।