पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं। वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छ्याउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us