नेकपा एमालेले जनप्रतिनिधिलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमालेले आज आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिन लागिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी हुने प्रशिक्षण कार्यक्रम आज र भोलि गरी दुई दिन चल्नेछ । एमाले अध्यक्ष ओली लगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us