काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ। अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको हो ।
अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा बिचौलियालाई अर्थ मन्त्रालयमा प्रवेश दिएको भन्दै एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको हो । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बजेटबारे उठेका प्रश्नको जवाफ दिन समय दिनुभएको छ। लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर विरोध गरेका छन्।