रवि लामिछानेले छाडे ग्यालेक्सी फोरके

काठमाडौं। पत्रकार रवि लामिछानेले राजनीतिमा सक्रिय हुन आफू कार्यरत ग्यालेक्सी फोरके टेलिभिजन कार्यक्रम छाडेका छन्। बिहीबार उनलाई टेलिभिजनको टिमले औपचारिक बिदाइ गरेको छ। उनले नियमित रुपमा सञ्चालन गर्दै आएको कार्यक्रम ुसिधा कुराु सञ्चालनको जिम्मेवारी युवराज कँडेललाई हस्तान्तरण गर्ने भएका छन्।

उनले बिहीबार दिउँसो ३ बजेपछि फेसबुक लाइभमार्फत् आफ्नो आगामी यात्राबारे जानकारी दिने बताइएको छ। स्वतन्त्र उम्मेदवारकका रुपमा उनी काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचनमा उठ्ने तयारी गरिरहेको बुझिएको छ। तर यसबारे औपचारिक जानकारी उनले दिइसकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us